
नवलपरासी, ४ मंसिर । सीमांकनमा विवाद भएपछि नवलपरासीमा बन्दको आह्वान गरिएको छ ।
नेपाली काग्रेसको भ्रातृ संगठन नेविसंघ र तरुणदलले नवलपरासीको नवलपुर क्षेत्रको सीमांकनको विषयलाई लिएर भोलि एक दिन नवलपुर क्षेत्र बन्दको आव्हान गरेको हो ।
नेविसंघका केन्द्रिय सदस्य रामचन्द्र भट्टराईका अनुसार नेविसंघ र तरुणदलले कावासोतीमा आज पत्रकार सम्मेलनमार्फत नवलपुर क्षेत्रलाई प्रदेश नम्बर ४ मा नै कायम गरिनुपर्ने माग गर्दै बन्द घोषणा गरेको हो ।
आगामी सोमबार संविधान संशोधन प्रस्ताव संसदमा पेश हुन लागेको भन्दै नवलपुरबासीको मागलाई सम्बोधन गर्न नेविसंघ र तरुणदलका नेताहरुले माग गरेका छन् ।












प्रतिक्रिया