२ कार्तिक २०८३, सोमबार

रामेछाप खिम्तीका महिला च्याउ खेतीतर्फ उन्मुख हुँदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

chyau

– नवराज श्रेष्ठ

रामेछाप, ४ मंसिर । रामेछापको खिम्ती गाविसका महिला व्यवसायीक च्याउ खेतिमा लागेका छन् । च्याउ खेतिबाट थोरै लगानिमा राम्रो आम्दानी हुने भएपछि महिलाहरु त्यस तर्फ लागेका हुन् ।

खिम्ति बेसीमा महिलाहरुले प्लास्टिक घर बनाएर त्यहिभित्र कन्यच्याउको व्यवसाक खेति लगाएका छन् । खिम्ती बेसीमा महिलाहरुले तरकारी खेती समुह निर्माण गरी च्याउ खेति सुरु गरेका हुन् । खिम्तीमा१० घर भन्दाबढी महिलाले च्याउ खेति लगाउने गरेका छन् ।
एक पटकमा १५ देखि २० हजार रुपैयाँ लगानि गर्दा ३ महिना भित्र एक लाख रुपैयाँ सजिलै आम्दानी गर्न सकिने भएकोले आफूहरुले च्याउ लगाउन लागेको खिम्ति गाविस– १ की दीपशिखा दाहाल बताउँछिन् ।

‘धेरै दुःख गर्नु पर्दैन । सुरुमा पराल काट्न र पकाउन दुःख हो । च्याउको विउ राखेपछि विहान बेलुका मिलाएर पानी हाले हुन्छ । घर भित्रको काम जस्तै हो । अलिकति सरसफाईमा ध्यान दियो भने राम्रो कमाई गर्न सकिन्छ’ – दाहालले भनिन् ।

‘मैले हरेक वर्ष हिउँदको सिजनमा च्याउ खेति लगाउने गरेकी छु’–दाहलले थपिन् । वर्षामा भने सरसफाई राम्रो गर्न नसकिने बढी गर्मि हुने हुँदा च्याउ विग्रने उनको अनुभव छ । त्यसैले दीपशिखा र खिम्तीका अन्य महिलाले पनि हिउँदमा मात्र च्याउ लगाउने गरेका छन् ।

मेहेनेत गर्ने हो भने एक सिजनमा २ लाख रुपैयाँ सजिलै आम्दानि गर्न सकिने अर्की कृषक उमादेवी पोख्रेलको भनाई छ । ‘उत्पादन दिन लागेपछि च्याउले लगातार उत्पाद दिन्छ । यसलाई जोगाएर राख्न सकिदैन । सबैको च्याउ एकै साथ निस्कता बजारको समस्या हुने हो कि भन्ने डर भने महिलाहरुलाई छ । त्यसैले बजार व्यवस्थापनको लागि सहयोग गरीदिन उनीहरुको आग्रह छ ।