१ कार्तिक २०८३, आइतबार

राष्ट्रपति नहुँदै ट्रम्पलाई झट्का, २५ मिलियन डलर जरिवाना

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

trump

काठमाडौं, ४ मंसिर । नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ठगी मुद्दामा २५ मिलियन डलरको जरिवाना सुनाइएको छ ।

राष्ट्रपतिको कार्यभार सम्हाल्नु अगावै ट्रम्पलाई न्यूयोर्क राज्यले सो जरिवाना सुनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

डोनाल्ड ट्रम्पको स्वामित्वमा रहेको ट्रम्प अन्तर्राष्ट्रिय स्कूलले गैरकानूनी तरिकाले ठगी गरेको भन्दै परेका तीन वटा मुद्दामा २५ मिलियन अमेरिकी डलर बराबरको जरिवाना तिर्नुपर्ने भएको हो ।

विद्यार्थीहरूले ट्रम्प स्कूलबाट आफूहरू ठगिएको भनी ट्रम्पविरूद्ध मुद्दा दायर गरेका थिए । ट्रम्पले आफ्ना स्कूलका पूर्वविद्यार्थीहरूलाई क्षतिपूर्ति वाफत २१ मिलियन डलर र बाँकी न्यूयोर्क राज्यलाई जरिवाना स्वरूप तिर्नुपर्ने जनाइएको छ ।