१९ कार्तिक २०८३, बिहिबार

सर्वस्वीकार्यता होइन, संविधानको सर्वोच्चता स्थापित गरौंः एमाले नेता गुरुङ

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kiranबागलुङ, ४ मंसिर । नेकपा एमालेका स्थायी समिति सदस्य तथा प्रदेश नम्बर ४ का संयोजक किरण गुरुङले सर्वस्वीकार्यका नाममा संविधान संशोधनको नाटक बन्द गर्न सत्तारुढ दलहरुलाई आग्रह गर्नु भएको छ ।

‘दुनियाँमा कही पनि संविधान सर्वस्वीकार्य भएको छैन र हुन पनि सक्दैन’, उहाँले भन्नुभयो, ‘सर्वस्वीकार्यका नाममा संविधान संशोधनको नाराले संविधानको सर्वोच्चतालाई कमजोर बनाउँछ ।’

एमाले बागलुङ जिल्ला कमिटीको शुक्रबारबाट शुरु भएको वैठकमा निर्देशनात्मक मन्तव्य व्यक्त गर्दै नेता गुरुङले ९० प्रतिशतभन्दा बढीको सहभागितामा बनेको संविधानका सर्वोच्चतालाई कार्यान्वयन गर्नका लागि राजनीतिक सहमति कायम गर्न तर्फ लाग्नु पर्नेमा जोड दिनु भयो ।

राजनीतिक सहमतिका नाममा संविधानको सर्वोच्चतालाई कमजोर बनाउने काम गलत हुने दावी गर्दै गुरुङले भन्नुभयो – संशोधन होइन, संविधानको सर्वोच्चता स्थापित गर्नका लागि राजनीतिक सहमति कायम गर्नु पर्छ ।