१९ कार्तिक २०८३, बिहिबार

बसको ठक्करबाट तिनकुनेमा मोटरसाइकल चालकको मृत्यु

700
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३ मंसिर । राजधानीमा सवारी दुर्घटनामा परी एक व्यक्तिको मृत्यु भएको छ ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार काठमाडौँ महानगरपालिका–३५ बानेश्वर तिनकुनेमा बा.३ ख २०५६ नम्वरको बसले बा.२६ प ४३३८ नम्वरको मोटरसाइकललाई शुक्रबार ठक्कर दिँदा चालक काभ्रे, नाला–३ का ४७ बर्षीय हरि गोपाल श्रेष्ठ गम्भीर घाइते भएकोले उपचारको लागि निजामती अस्पताल मिनभवन लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो ।

उक्त बस नियन्त्रणमा लिएर प्रहरीले फरार चालकको खोजतलास गरिरहेको छ ।