काठमाडौं, ३ मंसिर । अपराध अनुसन्धान क्षेत्रमा उत्कृष्ट क्षमता प्रदर्शन गर्दै आएका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सर्वेन्द्र खनाल उत्कृष्ट अपराध अनुसन्धान पुरस्कारबाट सम्मानित भएका छन् ।
कार्यक्षमता, निडरता, कार्यशैली र व्यवसायिक आचरणका कारण प्रहरी संगठनभित्र आफ्नो नाम उँचो राख्न सफल एसएसपी खनाललाई ११ औं महानगरीय प्रहरी दिवसको अवसरमा बुधबार प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले सो पुरस्कारबाट सम्मानित गरेका हुन् ।
एसएसपी खनाल डेढ वर्षदेखि महानगरीय अपराध महाशाखाको प्रमुखमा कार्यरत छन् । डेढ वर्षको अवधिमा उनले जति काम गरेका छन, ती सबै काम मुलुक र जनताले सम्झनलायक छन् ।

म्याच फिक्सिङ, पेट्रोल पम्पहरुमा हुने गरेको ठगी, कसन्ल्ट्यान्सीहरुमा छापा, बडिखेल हत्याका अभियुक्तलाई पक्राउ, गुण्डागर्दी नियन्त्रणलगायतका कामका कारण उनी लामो समयसम्म मुलुक र जनताको मनमा बसिरहने छन् । उनकै कार्यकालमा गुन्डानाइके कुमार घैंटेको समेत इन्काउन्टर भएको थियो ।
पछिल्लो समय उनले वैदेशिक रोजगारीमा जानेहरुको समस्या सुन्न नयाँ पिल्लर नै गठन गरेका छन् ।













प्रतिक्रिया