१ कार्तिक २०८३, आइतबार

मन्त्रीको गाडीमा भेटियो भारु ९१ लाख, राजीनामा मागियो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

maharstra

काठमाडौं, ३ मंसिर । भारतको महाराष्ट्रमा एक मन्त्रीको जीपबाट भारु ९१ लाख ५० हजार रुपैयाँ जफत गरिएको छ ।

विहिबार महाराष्ट्र सरकारका सहकारीमन्त्री सुभाष देशमुखको जीपबाट यो रकम जफत गरिएको भारतीय मिडियाले जनाएका छन् ।

सोलारपुरस्थित मंगल ग्रुपका अध्यक्ष समेत रहेका सुभाष भने यो जीपमा थिएनन् । यो जीप मंगल ग्रुपको हो ।

ओसमनाबादका कलेक्टर प्रशान्त नरनावरेले आगामी नगर परिषदको चुनावलक्षित रुटीन चेकिंगका क्रममा प्रहरी टिमले नगद बरामद गरेको हो । जीपका स्टाफले त्यो पैसा लोक मंगल बैंकको भएको बताएका छन् ।

यता मन्त्री एवं मंगल ग्रुपका मालिक सुभाषले यो पैसा चीन मिलका मजदुरलाई दिन पठाएको दाबी गरेका छन् । कलेक्टर नरनावरेले आफूहरुले मंगल ग्रुपसँग स्पष्टिकरण मागेको र आयकर विभाग र स्थानीय प्रहरीलाई खबर गरिसकेको बताए । यदि यो मामिलामा ग्रुप दोषी पाइए कारवाही सुरु हुनेछ ।

यता प्रदेश कांग्रेका प्रवक्त सचिन सावंतले सहकारी मन्त्री सुभाषलाई मन्त्रिमण्डलबाट बर्खास्त गर्न माग गरेका छन् ।