मुम्बई । अभिनेत्री ऐश्वर्या राय बच्चनका विषयमा आएका नकारात्मक टिप्पणीबाट आजित बनेका अमिताभ बच्चनले सबैलाई चकित तुल्याउने गरेर अभिव्यक्ति दिएका छन् ।
करण जोहरको फिल्म ‘ये दिल है मुश्किल’को बोल्ड अवतारका कारण ऐश्वर्याको चर्चा भएको थियो । फिल्म रिलिज अगाडि ऐश्वर्याका केही सिनलाई भाइरल बनाइएको थियो । सोही कारण ऐश्वर्यासँग बच्चन परिवार रिसाएको भारतीय सञ्चारमाध्यमहरूले लेखेका थिए ।
हालै एक सार्वजनिक कार्यक्रममा कुनै बेलाका सुपरस्टार अभिनेता अमिताभ बच्चनले भनेका छन्, ‘ऐश्वर्याले जे गरेकी छिन् त्यसले भारतीय समाजमा क्रान्ति ल्याउँछ ।’
उनले अगाडि भनेका छन्, ‘मैले फिल्म हेर्न पाएको छैन । उनी अत्न्तै सुन्दर छिन् । करण जोहरले फिल्ममा ऐश्वर्यालाई सुन्दर देखाएका छन् । करणलाई धन्यावाद ।’ – एजेन्सी















प्रतिक्रिया