१२ कार्तिक २०८३, बिहिबार

पाँच सय र एक हजार भारु साट्न राष्ट्र बैंकका यस्ता सर्त

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

indian-curancy-paisaकाठमाडौं, ३ मंसिर । नेपाल राष्ट्र बैंकले नेपालीसँग भएका प्रतिबन्धित ५ सय र हजार दरका भारु तीन सर्त तोकेर साट्ने व्यवस्था गर्न लागेको छ ।

प्रतिबन्धित नोट साटिदिने भारतीय संकेतपछि राष्ट्र बैंकले यस्तो व्यवस्था मिलाउन लागेको हो । राजधानी दैनिकले समाचार छापेको छ ।

राष्ट्र बैंकले यसका लागि बिहीबार समितिसमेत गठन गरेको छ । डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीको संयोजकत्वमा समिति गठन गरेर आन्तरिक व्यवस्थापनको पूर्वतयारीसमेत सुरु गरेको हो ।

समितिले शुक्रबारका लागि पहिलो बैठक राखेको छ । सो बैठकले नोट सटहीलाई कसरी व्यवस्थापन गर्ने, जाली नोट सटही हुनबाट कसरी रोक्ने र खुला सिमानाका कारण भारतबाट थप नोट आउन नदिएर नेपालमा भएका वैधानिक नोट मात्रै साट्ने व्यवस्था कसरी मिलाउने भन्नेजस्ता विषयमा छलफल गरिने डेपुटी गभर्नर शिवाकोटीले जानकारी दिए ।

‘भारतले नेपालीसँग भएको वैधानिक भारु सटही गरिदिने अपेक्षाले यसको पूर्वतयारी थालेका हौं, भोलिदेखि नै सटही गनूस् भन्ने जानकारी आयो भने तत्काल सटही थाल्नका लागि तयारी सुरु गरेका हौं’, डेपुटी गभर्नर शिवाकोटीले भने ।

एकजना नेपालीले हजार र ५ सय दरका २५ हजार भारु बराबरका नोट सटहीका लागि राष्ट्र बैंकले तयारी थालेको छ ।

यसका लागि नोट सट्ने व्यक्तिले आफ्नो आम्दानीको स्रोत वैध भएको, नोट नक्कली ठहरिएमा त्यसको जिम्मेवारी आफैंले लिने र एउटा बैंकबाट २५ हजार भारुबराबरका हजार र ५ सय दरका नोट साटिसकेपछि पुनः अर्को बैंकमा नोट साट्दिनँ भन्ने घोषणा गर्नुपर्नेजस्ता सर्त राखेर नोट साट्ने व्यवस्था मिलाउन लागिएको छ ।