१ कार्तिक २०८३, आइतबार

हट अभिनेत्री मल्लिका शेरावतमाथि पेरिसमा हमला

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

mallika-sherawat

मुम्बई । बलिउडकी हट अभिनेत्री मल्लिका शेरावतमाथि फ्रान्सको पेरिसमा आत समूहले हमला गरेका छन् ।

डेली मेल पत्रिकाका अनुसार मास्क लगाएर आएका तीन जनाले मल्लिका र उनका एक साथीमाथि ११ नोभेम्बरको राति हमला गरेका हुन् ।

मल्लिका र उनका साथीमाथि यो घटना अर्पाटमेन्टको ब्लकमा भएको थियो । दुबै जना एक समारोहबाट फर्किएर फ्ल्याटतर्फ गइरहँदा उनीहरुमाथि हमला गरी अश्रुर ग्यासको स्प्रे गरेर लुट्ने प्रयास पनि गरेका थिए ।

यो घटनाको प्रहरीले जाँच सुरु गरेको छ । अधिकारीका अनुसार मल्लिका र उनका साथीलाई सामान्य चोट लागेको छ ।

यसअघि फ्रान्सको पेरिसमै टेलिभिजन स्टार किम कार्दशियन पनि लुटिएकी थिइन् ।