१९ कार्तिक २०८३, बिहिबार

लोकमानका ज्वाईले पनि सर्वाेच्चलाई बुझाए लिखित जवाफ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

prabal-thapam-lokman-ka-juai

काठमाडौँ, २ मङ्सिर । सर्वाेच्च अदालतमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीका घरमा म्याद तामेली गर्न जाँदा अवरोध गरेको आरोप लागेका प्रबल थापाले आज लिखित जवाफ पेस गर्नुभएको छ ।

कार्कीका कान्छा ज्वाइँ समेत रहेका थापाले अदालतको न्याय सम्पादनमा अवरोध गरेको जनाउँदै अदालतले एक हप्ताभित्र लिखित जवाफ पेस गर्न आदेश दिएको थियो ।

लिखित जवाफमा विपक्षीले आफूलाई झूटो आरोप लगाएको र आफू नेपाली काँग्रेसको प्रतिनिधि समेत भएको हुँदा राजनीतिक व्यक्तित्वले यस्तो काम गर्न नसक्ने उल्लेख छ । सोही विषयमा कार्कीले पनि लिखित जवाफ पेस गरिसक्नुभएको छ । रासस