रामेछाप, २ मंसिर । रामेछाप जिल्लामा गतबर्षमा भन्दा यो बर्षमा अत्म हत्या गर्नेको सङख्यामा बुद्धि भएको छ । जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार गत आर्थिक बर्ष २०७२÷०७३ को पहिलो ३ महिनाको तुलनामा यस वर्षको ३ महिनामा त्यस्ता घटनाहरु बढेको हुन् ।
गत वर्ष सो अवधिमा मा झुण्डिएर, ३ र बिष सेवन गरी ५ जना गरी ८ जनाले आत्म हत्या गरेका थिए । चालु आर्थिक बर्ष २०७३÷०७४ को ३ महिनाको अवधिमा झुण्डिएर ६ र बिष सेवन गरी ६ गरी १२ जनाले आत्महत्या गरेका छन् ।
सोही ३ महिनाको अवधिमा गतबर्ष भबितव्य ज्यानमा ५ ज्यान गएको थियो । त्यस्तै जबरजस्ती करणीका १, र बहुबिवाहका १ वटा घटना भएका थिए । यस आर्थिक बर्षको सोही अवधिमा भवितव्य ज्यानका ५ वटा, सवारी ज्यानको १, सार्वजनिक अपराधका १२ , पानिमा डुबी मृत्युको घटना १, चोरी १ र कालोबजारीको १ घटना प्रहरीमा दर्ता भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता प्रेम जोसीले जानकारी दिए ।
गत बर्षको तुलनामा यो बर्ष आत्महत्या गर्नेको सङख्या बढेपनि सवारी दुर्घटनामा परि ज्यान गुमाउनेको सङख्यामा भने कमी आएको छ । गत बर्षको तिन महिनामा भएको २ वटा सवारी दुर्घटनामा परी ८ जनाले ज्यान गुमाएका थिए भने ८२ जना घाइते भएका थिए । चालु आर्थिक बर्षको ३ महिनामा जिल्लामा २ वटा दुर्घटना भएको र जसमा परी १ जनाको ज्यान गएको छ भने ३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । आत्महत्याका घटनाहरु बढ्दै जानु पछिल्लो समय सामाजिक रुपमा नै चुनौती बनेको छ ।













प्रतिक्रिया