१९ कार्तिक २०८३, बिहिबार

आईएमईका कार्यकारी अध्यक्ष ढकालद्वारा ‘इनोभेसन आईडिज’ लाई सम्बोधन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

chandra-dhakal

काठमाडौं, १ मंसिर । काठमाडौंस्थित आर्मी अफिसर्स क्लबमा आयोजना गरिएको ‘इनोभेसन आईडिज’ छलफल कार्यक्रममा आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले आमन्त्रित अतिथि वक्ताको रुपमा भाग लिनुभयो । कल्क बी बिजनेश इनोभेशनद्वारा आयोजित ‘फेस टु फेस मिटिङ्ग’ सत्र अन्तर्गत आईएमई समुहको सफल व्यावसायीक यात्रा र चन्द्रागिरि केबुलकार परियोजनाको विषयमा आफ्ना अनुभव आम सहभागी श्रोताहरु समक्ष आदानप्रदान गर्नु भएको थियो ।

न्युयोर्क, टोकियो र लण्डनपछि काठमाडौंमा प्रथम पटक गरिएको उक्त छलफल कार्यक्रममा देशभरबाट पाँच सय प्रशिक्षार्थीहरुको सहभागिता रहेको थियो । आफुसँग भएको ‘आइडिया’ लाई जीवन्त बनाउनुका साथसाथै नयाँ आईडियाको खोजि गर्ने उद्देश्यका साथ आयोजित कार्यक्रममा अध्यक्ष ढकालले उधमशीलताको विकास जिम्मेवारी बोध र कामप्रतिको समर्पणले मात्र सम्भव हुने बताउनुभयो ।

आफ्नो स्थापना देखिनै रेमिटेन्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पुर्याउन प्रतिबद्व यस कम्पनीले सेवा शुभारम्भको १६ औँ वर्षसम्ममा नेपालका शहरी तथा ग्रामिण क्षेत्रलाई समेट्ने गरी ७५ जिल्लाका ५ हजार २ सयभन्दा बढी सव–एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत् विदेशमा कार्यरत नेपालीहरुले दुःख गरि कमाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा छिटो, छरितो, विश्वसनीय र सुरक्षित तवरबाट वितरण गर्दै आईरहेको छ ।