काठमाडौं, २ मंसिर । रिलायबल डेभलपमेन्ट बैंक लिमिटेडले ८५ दिने मुद्दतीमा ८ दशमलब ५ प्रतिशत वार्षिक ब्याजदर प्रदान गर्ने नयाँ योजना ल्याएको छ ।
८५ दिन पुरा भए पश्चात साँवा र ब्याज स्वत बचत खातामा जम्मा हुने र सो बचत खातामा रकम आए पश्चात एससीटि नेटवर्क अन्तर्गतका देशभरि रहेका ११०० भन्दा बढी एटिएमहरुबाट निःशुल्क रकम झिक्न सकिने बैंकले जनाएको छ ।
साथै यस बैंकले १ वर्षे मुद्दतीमा ८.७५ प्रतिशतसम्म तथा बचत खातामा ५.५ प्रतिशतसम्म ब्याज प्रदान गर्ने जनाएको छ । यो सेवा बैंकको सबै १७ शाखाहरुबाट उपलब्ध हुने छ ।
















प्रतिक्रिया