धनगढी, मंसिर २ । कैलाली जिल्लाको दुर्गम पहाडी गाउँविकास समिति सुगरखालमा आयोजना गरिएको सुगरखाल महोत्सवको तयारी लगभग अन्तिम चरणमा पुगेको छ ।
चुरे वातावरण तथा जैविक विविधता संरक्षण मञ्च नेपाल कैलालीले आयोजना गरेको महोत्सवको प्रचार प्रशार व्यापक रुपले अगाडी बढाइएको कुरा संयोजक वीरेन्द्र रावलले जानकारी दिएका छन् ।
महोत्सव सम्पन्न गर्नका लागि कैलाली जिल्लास्थित सबै राजनीतिक दलका प्रमूखहरु संग छलफल गर्ने कार्यक्रम सम्पन्न भएको संयोजक रावलले जानकारी दिएका छन् ।
बैठकमा एमाले, नेपाली काँग्रेस, नेकपामाले, राप्रपा नेपाल, नयाँशक्ति नेपाल, नेकपा माओवादी, नेकपा माओवादी केन्द्र लगायतका पार्टीका जिल्लाका नेर्तत्वहरुको सहभागिता रहेको थियो । बैठकमा काँग्रेस कैलालीका सचिवदिपकजोशी, नेकपा एमाले कैलालीका सचिव रण बहादुर चन्द, सचिवालय सदस्य खडक रावत, नेकपामाओवादी केन्द्रका केन्द्रिय सदस्यनिमृल कुमार शाह, नेकपामाओवादी धनगढी नगर कमिटकिा ईन्चार्ज लोक बहादुर पल्ली मगर, राप्रपा नेपाल कैलालीका सचिव छत्र शाही, राप्रपा नेपालकायुवा नेता रोम स्वार, नयाँशक्ति नेपालका धनगढी नगर अध्यक्षवीर बहादुर गौतम लगायतका नेताहरुको बैठकमा सहभागिता रहेको थियो ।
सबै सहभागिहरुले महोत्सव सम्पन्नगर्नकालागिआ—आफ्नो पार्टीको तर्फ बाट स्थानीय कमिटीहरुलाई समेत सर्कुलर जारी गरेर सहयोगका लागि आग्रह गर्ने समेत प्रतिबद्धता व्यक्त गरेका छन् ।
‘स्वच्छ ताजा माछा र जलमार्गको सम्भावना, सेती, कर्णाली र भेरीको त्रिवेणी चिनाउने हाम्रो चाहाना’भन्ने मुलनाराका साथपहिलो सुगरखालमहोत्सव २०७३ मंसिर ८ देखि ११ सम्मतल्लो सोल्टा ७ ( चिप्ले घाट) मा सञ्चालनभव्य रुपले सञ्चालनहुने कुरा संयोजक रावलले जनाएका छन् ।
महोत्सबआयोजक समिति संयोजक बिरेन्द्र रावलले पत्रकार सम्मेलनगर्दै उक्तजानकारी दिएका छन् । स्थानीयएवं राष्ट्रिय स्तरमाउत्पादित दैनिकउपभोग्यएवंम् औधोगिक वस्तुहरुको विकास र प्रवद्र्घनमा सहयोग पु¥याउनतथा सुदुर पश्चिमको लोक सस्कृती र साहित्यको जर्गेनागर्ने र कर्णालीका माछालाई अन्यबजार सम्म पु¥याउने उद्देश्यले महोत्सबआयोजनागरिुउको पनि संयोजक रावलले जनाएका छन् ।
मेलामाविभिन्न राष्ट्रिय तथा स्थानिय स्तरकाकलाकारहरुको विभिन्न प्रस्तुती रहनुका साथै लोपोन्मुखअवस्थामा रहेकाधमारी, मारुनीनाँच , पञ्चेबाजालगायतका राजी र मगर समुदायकाकला संस्कृतिको वयापकप्रचार प्रशार गर्र्ने उद्देश्य कुरा प्रचार प्रशार समितिका संयोजकविनोद मल्लले जानकारी दिएका छन् ।
साथै मेलामाआउने अतिथी, कलाकार, पत्रकारलाई तिनकिलोमिटर निःशुल्क ¥याप्टीङ गराईने व्यवस्थामिलाइएको जनाइएको छ ।
मेलामाकलाकार बद्रीपँगेनी, रामजि खाँण, जानकीतारामीमगर, नरेन्द्रराज रेग्मी, हिरण्डे साँउद, पबित्रा भण्डारी, राजाराम भाट, बिष्णु थापा, एकेन्द्र घर्तिमगर, मनिष खड्का, दिनेश कँडेल, कबिता भण्डारी लगायतकाकलाकार हरुको प्रस्तुती रहने कुरा साँस्कृतिक समितिका संयोजकविनोद मल्लले जानकारी दिएका छन् ।
मेला हेर्नकालागि कैलालीजिल्लाको धनगढी देखि दक्षिण डोटी, पण्डौन, मोहन्याल। सुर्खेतकापश्च्मिीगाउँविकास समितिहरु र दक्षिणमा बर्दिया जिल्लाकादर्शकहरु समेत आउन सक्ने आयोजकले जनाएको छन् ।
त्रिवेणी क्षेत्रलाई धार्मिक पर्यटनको केन्द्रका रुपमाविकास गर्ने र प्रचार प्रशार गर्ने मुख्य उद्देश्यभएकाकारण पनि बढी भन्दा बढी मानिसहरु सुगरखालमहोत्सवमाजान सक्ने आयोजकको ठम्याई रहेको छ ।












प्रतिक्रिया