१ कार्तिक २०८३, आइतबार

सुजातामाथि दीपकराज गिरीको प्रहारः ५० लाख होइन्, भारु १ हजार र ५०० देउ

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Deepakraj0giri

काठमाडौं । हाँस्य कलाकार दीपकराज गिरी हसाउनमा मात्रै खप्पिस नभई व्यग्यंका पनि राम्रा वाण हुन् ।

लामो समय तितो सत्यमार्फत मुलुकका बेथितीलाई पर्दामा देखाउँदै आएका चर्चित निर्माता, निर्देशक र लेखक गिरीले हालै सरकारले काँग्रेस नेतृ सुजाता कोइरालालाई उपचारार्थ दिएको ५० लाख रुपैयाँको सांकेतिक रुपमा बिरोध गरेका छन् ।

उनले फेसबुकमा स्टाटस लेख्दै भनेका छन्– ‘सुजाताजीलाई दिएको ५० लाखको बारेमा सबैले बिरोध गरे । मेरो बिचारमा बिरोध गर्नु, कराउनु बेकार छ । बरू पैसा चाहि भारू १ हजार र ५ सय को नोट दिए भैगो नि । राष्ट्र बैंकलाई घाँडो भाको पैसाको सहि सदुपयोग ।’

यसअघि नायक राजेश हमालले पनि सरकारलाई ब्यग्य गर्दै प्रश्न गरेका थिए सरकार सुजातालाई मात्रै होकी प्रत्येक स्तन क्यान्सर हुने नेपाली महिलालाई नै यो रकम दिन लागेको ?