१ कार्तिक २०८३, आइतबार

पाकिस्तानले ट्रम्पसँग राख्यो नयाँ प्रस्ताव, भारत आत्तियो!

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

modi-trump-sharif

काठमाडौं, २ मंसिर । पाकिस्तानले काश्मिर मुद्दालाई सुल्झाउन नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई आग्रह गरेको छ ।

पाकिस्तानी पत्रिका डनका अनुसार पाकिस्तानी विदेश सचिव सरताज अजीजले ट्रम्पलाई काश्मिरमा भारतले ज्यादति गरेको भन्दै यो मुद्दालाई सुल्झाउनमा भुमिका खेलिदिन आग्रह गरेका हुन् ।

पाकिस्तानी विदेश सचिवले यदि ट्रम्प काश्मिर मुद्दा सुल्झाउनमा सफल भए उनी नोबेल पुरस्कारको दावेदार बन्ने पनि बताए । तर, पाकिस्तानको यो प्रस्तावबाट आत्तिएको भारतले काश्मिर मामिलामा तेस्रो पक्षको भुमिका अस्वीकार गर्दै आइरहेको छ ।

पाकिस्तानले काश्मिर मुद्दा सुल्झाउन चाँहेपनि भारतले निहुँ खोजेर सफल हुन नदिएको पाकिस्तानी विदेश सचिवको आरोप छ । यता ट्रम्पले पनि एक अन्तर्वार्तामा काश्मिर मुद्दामा भारत र पाकिस्तानबीच मध्यस्थता गर्ने इच्छा व्यक्त गरिसकेका छन् । ट्रम्पले काश्मिर मुद्दामा भुमिका खेले त्यसको पाकिस्तानले खुलेर स्वागत गर्ने विदेश सचिव अजीजको भनाई छ ।