१९ कार्तिक २०८३, बिहिबार

अखिल नेपाल महिला संघलाई गाउँ गाउँमा बिस्तार गरिने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

uml-rolpa
फाइल तस्वीर

– जीवन डाँगी

रोल्पा, २ मंसिर । अखिल नेपाल महिला संघ रोल्पाद्धारा लिबाङमा आयोजित दुइ दिने प्रशिक्षण कार्यक्रम बुधबार रोल्पाको लिबाङमा सम्पन्न भएको छ ।

संघिय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास गरौ, संविधानमा अन्तरनिहित महिला अधिकारको कार्यान्वयन गरौ भन्ने मुल नाराका साथ उक्त कार्यक्रमको आयोजना गरिएको हो ।

अनेमसंघ जिल्ला कमिटि रोल्पाकी अध्यक्ष ईश्वरी जि.एमको अध्यक्षता तथा अनेमसंघका स्थायीय कमिटि सदस्य तथा रोल्पा जिल्ला इन्चार्ज रिमाकुमारी नेपालीको प्रमुख आतिथ्यतामा भएको प्रशिक्षण कार्यक्रमको समापन गरिएको हो । दुई दिने प्रशिक्षणमा नेकपा एमाले र अखिल नेपाल महिला सघंको इतिहास सिद्धान्त र कार्यनितिका बारेमा र जिल्लामा तथा गाबिसमा महिलाका नाममा विनीयोजन गरिने रकमलाई कसरी ब्यवस्थित गर्ने, अखिल नेपाल महिला सघंलाई गाउँ टोलसम्म कसरी पुराउने भन्ने विषयमा विज्ञहरुबाट प्रसिक्षण चलाइएको थियो ।

समापन समारोहममा बोल्दै सहभागी रबिना बुढामगर र नन्दसरी पुनमगरले अब अखिल नेपाल महिला सघंको सगठनलाई गाउँमा बिस्तार गर्नको लागि आफुहरु सक्रियाताका साथ लाग्ने र गाँउको बिकास निर्माणमा समेत चासो राख्ने प्रतिबद्धता दिनुभएको थियो ।

प्रशिक्षणमा रोल्पा जिल्ला भरिका करिब ५ दर्जन अनेमसंघका कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

दुई दिने प्रसिक्षण कार्यक्रममा नेकपा एमालेका पोलिटिब्युरो सदस्य तथा पुर्ब भुमिसुधार मन्त्री दल बहादुुर राणा, एमाले केन्द्रिय सदस्य तथा सांसद बैजनाथ चौधरी, एमाले केन्द्रिय सदस्य तथा युबा नेतृ रचना खड्का, एमाले रोल्पाका अध्यक्ष हरिप्रसाद घर्तीमगर, एमाले नेताहरु कुमार दसौदी, शान्त कुमार वली, रिमाकुमारी नेपाली, लगएतका नेताहरुले बिभिन्न विषयमा प्रशिक्षण दिनु भएको थियो । कार्यक्रम समापन समारोहका सन्चालन अनेमसंघ रोल्पाका उपाध्यक्ष हस्तमाली बाँठामगरले गर्नुभएको थियो ।