१९ कार्तिक २०८३, बिहिबार

आठ पत्रकारको सदस्यता खारेज

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

FNJ-Nepal-patrakar-mahasangh– नवराज श्रेष्ठ

रामेछाप, २ मंसिर । नेपाल पत्रकार महासंघ जिल्ला शाखा रामेछापले नियमित रुपमा सदस्यता नविकरण नगर्ने ८ जना पत्रकारको सदस्यता खारेज गर्ने निर्णय गरेको छ ।

उनीहरु पत्रकारीता क्षेत्रमा नभई अन्य क्षेत्रम क्रियाशिल एको भन्दै सदस्यता खारेजको लागि शिफारिस गर्ने महासंघले निर्णय गरेको हो ।

नविकरणका लागि पटक पटक जानकारी गराउँदा पनि वेवास्ता गरेको भन्दै महासंघको बुधबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

सदस्यता खारेजीमा पर्नेहरुमा निमू खड्का, अर्चना गौतम, प्रतिमा सुनुवार, इन्द्र बहादुर तामाङ, जीवन घताने, विशाल बस्नेत, हरिबहादुर माझी र केशर कुमार कालिकोटे रहेका महासंघका जिल्ला अध्यक्ष रमेश ढुंगेलले जानकारी दिए ।

पत्रकार महासंघ केन्द्रले पनि विगतमा महासंघको सदस्यता लिएरका तर पत्रकारिता पेसालाई मुख्य पेसा नबनाई अन्य पेसामा रहेका सदस्यहरुलाई पद त्याग गर्न आह्वान गरेको थियो । सोही अनुसार नविकरण नगर्ने सदस्यहरुको सदस्यता खारेजीका लागि केन्द्रमा आग्रह गर्ने निर्णय गरेको अध्यक्ष ढुंगेलले बताए ।

बैठकले नयाँ सदस्यताका लागि रामेछापबाट १८ जना क्रियासिशल पत्रकारहरुको नाम सिफारिस गर्ने निर्णय गरेको छ ।

जिल्ला भरका रेडियो र पत्रिकामा क्रियाशिल कुल ३२ जना पत्रकारले सदस्यताको लागि आवेदन दिएका थिए । नयाँ सदस्यताको लागि सिफारिस हुनेहरुमा ४ जना महिला पत्रकार र १४ जना पुरुष पत्रकारहरु रहेका छन् ।