१२ कार्तिक २०८३, बिहिबार

उपेन्द्रको गोजीबाट फुत्त के निस्कियो ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

upendra-prachandaकाठमाडौं, २ मंसिर । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री कार्यालय सिंहदरबारमा एउटा अनौठो क्रियाकलाप देखाएका छन् । यादवको क्रियाकलापले अरु नेताहरू अश्चर्यमा परेका छन् ।

कुरा हो सोमबारको । साढे दश बजे प्रधानमन्त्री कार्यालयमा पुगेका संघीय गठबन्धनका नेताहरूले अध्यक्ष यादवको गोजीबाट निस्किएको पत्र देखेपछि अनौठो मानेका हुन् । यादवले प्रधानमन्त्री पुष्पकमल दाहाललाई सोमबार बुझाएको ज्ञापनपत्र (स्मरणपत्र)का विषयमा पहिला छलफल नगरेको खुलेको छ । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।

स्रोतका अनुसार प्रधानमन्त्री दाहाललाई भेटेर सरकार गठनका बेला भएको तीन बुँदे सहमति कार्यान्वयनमा दबाब दिने र स्मरण गराउने निर्णय भएको थियो । अचानक ज्ञापनपत्रमा सरकारलाई १५ दिनको समय दिएर अल्टिमेटम दिने कुरा कतै सहमति नभएको स्रोतको दाबी छ ।

१५ दिनमा माग पूरा भएन भने के गर्ने ? स्रोतले भन्यो–‘उपेन्द्रजीलाई के भएको हो ? मधेसी मोर्चाभित्र सल्लाह नै नगरेर किन १५ दिनको अल्टिमेटम दिनुभयो ?’ मधेसी मोर्चाका एक नेताले भने–‘राजनीतिमा कहिल्यै पनि भने जस्तो हुँदैन । राजनीतिक विषयमा दबाब दिइन्छ । समय र मिति तोकेर कहिल्यै दबाब दिनु हुँदैन ।’

अध्यक्ष यादवले मधेसी मोर्चा र संघीय गठबन्धनमा आफ्नो बर्चश्व देखाउनका लागि आफू निकटका नेताहरूसँग परामर्श गरेर ज्ञापनपत्रको ड्राफ्ट तयार पारेको स्रोतको भनाई छ । ज्ञापनपत्रको ड्राफ्ट संघीय समाजवादी फोरम नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठ, जनजाति आन्दोलनका ओम गुरुङसहितका सीमित नेताहरूले तयार पारेका हुन् ।

ज्ञापनपत्र बुझाउन पुगेका गठबन्धनका नेताहरूको मनस्थिति पहिल्यै बुझेका प्रधानमन्त्री दाहाल पनि के कम । उनले गठबन्धनका नेताहरूले खोजेजस्तै गरेर मौखिक रुपमा पुनः आश्वासन दिएर फिर्ता पठाइदिएका छन् । जे होस् मोर्चा र गठबन्धनभित्र अध्यक्ष यादवले ‘मैले जे भन्यो त्यही हुन्छ’ भन्ने सन्देश दिन खोजेपछि उनलाई शंकाको घेराभित्र राखिएको एक नेताले बताए ।