काठमाडौ । गायक निलमणी भण्डारीको पछिल्लो चर्चित गीत खोयाबिर्केको म्युजिक भिडियो सार्वजनिक भएको छ । केही पहिले सार्वजनिक म्युजिक भिडियोको अहिले चर्चा चुलिदो छ । भिडियोले दिन प्रतिदिन दर्शकको मन जितिरहेको देख्न सकिन्छ ।
भिडियो शिल्पा खोखरेल र कुमार केसी लगायतले अभिनय गरेका छन् । यसलाई कुमार केसीले निर्देशन गरेका हुन् । मदिरा सेवनको लतले समाज र ब्यक्तिमा पारेको प्रभाव भिडियोमा उतारिएको छ ।
२०५८बाट गायनमा होमिएका गायक भण्डारी भोजपुरबाट गायनर्कै लागि काठमाडौ आएका हुन् । उनका मायाँ गाँसेर, चारतीरै बासना छरेर, कुहिरो लाग्यो, अभागीको कर्म गीत बाहिर आएका छन् ।
उनी शारिरीक रुपमा अपाङ्ग भएपनि सपङ्ग सरि नै गीत संगीतमा निरन्तर सक्रिय रहँदै आएका छन् ।
















प्रतिक्रिया