१९ कार्तिक २०८३, बिहिबार

मुश्लिम अगुवाहरुबाट प्रधानमन्त्री सम्मानित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

pm-muslim

रुपन्देही, १ मंसिर । नेपालका मुस्लिम अगुवाहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’संग काठमाडौंस्थित प्रधानमन्त्री निवासमा भेटघाट गरेर मुस्लीम समुदायको हक अधिकारलाई स्थापित गर्न अहम भुमिका खेलेको भन्दै सम्मान गरेका छन् ।

सम्मान ग्रहण गर्दै प्रधानमन्त्री दाहालले नेपालमा रहेका सबै जातजाति, भाषा र धर्म सबैको हक हितका लागि आफू गम्भिर भएर काम गर्ने बताउनुभयो । मुस्लिम शिक्षाको लागि आफुले बिशेष योजना बनाएर काम गर्ने अश्वासन दिनुभयो ।

यस भेटघाटमा नेपाली मुस्लिम समाजका सामाजिक,शैक्षिक, मुश्लिम आयोग, हज कमिटी, र खासगरि जामिया सेराजुल उलूम अल्सलाफियालाई अल्पसंख्यक विश्वविद्यालयको मान्यता पाउनको बारेमा बिशेष कुराकानी भयो ।

कार्यक्रममा प्रधानमन्त्री दाहालले मुस्लिम समुदायको बारेमा सबै कुरा सुने र यसलाई सक्दोसम्म आफूले निष्कर्समा पुर्याउने आश्वासन दिनुभयो।

यस प्रतिनिधि मण्डलको अगुवाई जामिया सेराजुल उलूम अल्सलाफिया झण्डानगर, कृष्णनगर कपिलवस्तुका प्रवन्धक र नेपालका महान इस्लामिक विद्वान मौलाना शमीम अहमद खान नदवीले गर्नुभयो।

प्रतिनिधि मण्डलमा जामिया का उपाध्यक्ष डा मन्जुर अहमद खान नदवी, नेपाल मदरसा बोर्डका केन्द्रीय उपाध्यक्ष जनाब रजी हैदर र जामिया का प्रवक्ता मौलाना मसहूद अहमद नेपाली र खाश गरि, प्रधानमन्त्रीका प्रमुख राजनैतिक सल्लाहाकार बलदेव खनाल लगायतको सहभागिता रहेको थियो ।