२ कार्तिक २०८३, सोमबार

करसप्ताहको पहिलो दिन ज्ञवाली सम्मानित

2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kar-samman– विष्णु भट्टराई

पाल्पा, १ मंसिर । करदाता सेवा कार्यालय पाल्पाले कर सप्ताहको पहिलो दिनको कार्यक्रमअनुसार आज कार्यालयबाट पान नं. लिने पहिलो सेवाग्राही ज्ञवाली स्टोर्स, तानसेन –११ बारुदखान का प्रोपाइटर डिल्लीराज ज्ञवालीलाई सम्मान गरेको छ ।

कार्यालयका प्रमुख कर अधिकृत बासुदेव नेपालले अविर तथा पुष्पगुच्छा बाट सम्मान गर्नुभएको हो । उहाँले ज्ञवालीलाई स्थायी लेखा नम्वर (पान नं.) को प्रमाण पत्र समेत प्रदान गर्नुभएको थियो ।

पांचौ राष्ट्रिय कर दिवस २०७३ को अवसरमा करदाता सेवा कार्यालय तानसेन पाल्पाले पनि सप्ताहव्यापी विभिन्न कार्यक्रम गरी मनाउदै छ ।