२ कार्तिक २०८३, सोमबार

मालिका महोत्सवमा प्याराग्लाइडिङ्ग मुख्य आर्कषण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

paraglyding

– अनिल खत्री

गुल्मी, १ मंसिर । गुल्मीको कुर्घा गाविसमा रहेको धार्मिक तथा पर्यटकीय स्थल मालिकादेवी प्रचारप्रसार एंवम संरक्षण र प्रवद्र्धनका लागि दोस्रो मालिका महोत्सवको मुख्य आर्कषण प्यारागलाइडिङ्ग बनेको छ ।

“गुल्मीको शान कुर्घा, मालिका हाम्रो पहिचान” भन्ने मुल नारा सहित ४ दिनसम्म सम्पन्न महोत्सवको अबसरमा प्यारागलाइडिङ्गको मुख्या आकर्षण बनेको थियो । गुल्मीमै पहिलो पटक कुर्घाको टुडिखेलबाट ३ वटा प्यारागलाइडिङ्ग आकाशमा उड्नाले आगामी दिनमा यसको उचित पचार–पसारले आन्तरिक तथा बाह्य पर्यटकहरुको संख्यामा बृद्धि हुने सम्भावना बढेको छ । धार्मिक तथा पर्यटकीय स्थल मालिकादेवीको शिरमाथि कुर्घाको टुडिखेलबाट प्यारागलाइडिङ्ग उडान क्षेत्रलाई फराकिलो बनाई अझ व्यवस्थित गरेर आउदा दिनमा प्यारागलाइडिङ्ग चढ्नेहरुको माग भएमा यसलाई आउँदा दिनमा निरन्तरता दिन सकिने प्यारागलाइडिङ्ग पहलकर्ता तथा स्थानिय रविलाल पौडेलले बताए ।

दोश्रो मालिका महोत्सवमा कुर्घा समाज सेवा जापानका अध्यक्ष बुद्ध रायमाझी र समाजसेवी रविलाल पौडेलको सहयोग र सक्रियतामा ल्याइएको ४ वटा प्यारागलाइडिङ्गबाट महोत्सव अवधिभरमा ल्याइएको थियो । ३ जना मानिसहरु पहिलो पटक प्यारागलाइडिङ्गमा चढेर आकाशमा उडेर प्यारागलाइडिङ्ग मार्फत उडेर कुर्घा स्वाँराको होमस्टे र मालिकादेवी लगायतका धार्मिक तथा पर्यटकीय क्षेत्र लगायत विभिन्न ठाँउको दृश्यअवलोकन गर्दा निकै रमाइलोको अनुभव हुने प्यारागलाइडिङ्ग स्थानिय पौडेलले बताए ।

गुल्मीमै पहिलो पटक प्यारागलाइडिङ्ग उडान सफल भएकोले अव प्रत्येक मालिका महोत्सवमा प्यारागलाइडिङ्गलाई निरन्तरता दिदै जाने आयोजकले जनाएको छ । कुर्घाबाट पहिलो पटक आकाशमा प्यारागलाइडिङ्ग उडेको देखेर यस क्षेत्रका स्थानीयबासिन्दाहरु घरको काम नै छोडेर आकाशमा उडेको प्यारागलाइडिङ्ग नजिकबाट नियाल्न पाउदा निकै खुशी भएको बताउँछन् ।