१९ कार्तिक २०८३, बिहिबार

ज्यान मारेको अभियोगमा दुईजना पक्राउ

1.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

jailरोल्पा, १ मंसिर । इलाका प्रहरी कार्यालय, सुलिचौर, रोल्पाले ज्यान मारेको आरोपमा दुईजना रोल्पाली युवालाई पक्राउ गरेको छ ।

यसरी पक्राउ पर्नेमा गजुल–२ काभ्राका १८ वर्षीय दीपक सुवेदी र सोही स्थानका २३ वर्षीय जीतबहादुर थापा रहेका छन् ।

कात्तिक २६ गते मिझिङ–२ कझिङ, रोल्पामा गजुल–२ काभ्राका ३४ वर्षीय रेगबहादुर सुवेदीको शव बेवारिसे अवस्थामा फेला परेपछि प्रहरीले अनुसन्धान अगाडि बढाएको थियो ।

पैसाको मोहमा परी उनीहरुले नै सुवेदीको ज्यान लिएको हुनसक्ने इलाका प्रहरी कार्यालय सुलिचौर, रोल्पाका प्रहरी निरीक्षक शशीधर अधिकारीले आज जानकारी दिनुभयो ।

उहाँका अनुसार ती तीनजना युवा करिब छ महिना पहिले रोजगारीको लागि सँगै भारतकोे सिमला पुगेका थिए । कात्तिक २१ गते उनीहरु भारतबाट पुनः सँगै घर फर्किएको र मृतक सुवेदीलाई भालुबाङमै छोडेर आएको भन्ने बयान दिएपछि प्रहरीले थप आशङ्का गरेको छ ।

प्रनि अधिकारीका अनुसार उनीहरुले बाटोमै सुवेदीको हत्या गरी घर गएको हुनसक्ने प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको छ भने अभियुक्त दीपक सुवेदीबाट भारु ३० हजार बरामद समेत गरेको छ ।

हालै पक्राउ परेका दीपक सुवेदी र मृतक सुवेदी नाताले एकै परिवारका काका भतिज भएको बुझिएको छ । रासस