कञ्चनपुर, १ मंसिर । शुक्लाफाँटा बन्यजन्तु आरक्षको काठ भूकम्प पीडितलाई सहयोग गर्ने तयारी भईरहेको छ । विभिन्न समयमा हावाहुरीका कारण ढलेको काठ संकलन गरेर भूकम्प पीडितलाई सहयोग गरिने भएको हो ।
शुक्लाफाँटा बन्यजन्तु आरक्ष कार्यालयका प्रमुख संरक्षण अधिकृत बेद प्रकास ढकालले बताए । उनका अनुसार आरक्ष भित्र ढलेका रुख संकलन गरेर ७० प्रतिशत काठ भूकम्प पीडितलाई दिईने छ ।
जिल्ला काठ आपूर्ति समिति मार्फत उक्त काठ सहयोग गरिनेछ । ‘हामीले टिसिएनलाई काठ दिन्छौँ ।’ प्रमुख संरक्षण अधिकृत ढकालले भने ‘टिसिएनले नै ढुवानी गर्छ ।’
कुल संकलित काठको १० प्रतिशत स्थानिय समुदाय र २० प्रतिशत टिसिएनलाई दिईने छ । एक महिला भित्र काठ संकलन गरिने छ ।
आरक्ष भित्र चार हजार ६ सय रुख ढलेको बताउदै प्रमुख संरक्षण अधिकृत ढकालले ढलेको काठ संकलन गरेर सदुपयोग गरिने बताए ।
आरक्ष भित्र आफै ढलेका रुख संकलन गरेर सदुपयोग गर्न समेत स्थानियहरुले पटक पटक आरक्ष संग माग गर्दै आएका थिए ।












प्रतिक्रिया