नेपाली कलाकारितामा एकपछि अर्को अनुहार उदाउने क्रम जारी छ । रहर आ–आफ्नो हो । ज्यामी बन्नु, मजदुर बन्नु, डाक्टर बन्नु, पाइलट बन्नु, पत्रकार वा कलाकार जे बनेपछि बन्नु त हो नि ! तर यो बन्ने क्रमममा घर, समाज र देशलाई अगाडि राखेर बन्ने उद्देश्य लिनसक्नु अर्थपूर्ण हुन्छ । कलाकारितामा दिनहुँ झुल्कने नयाँ अनुहारमा विस्तारै परिपक्व बन्दै गरेको उर्जावान अनुहार हो सरु उप्रेती । मोरङको गोविन्दपुरमा जन्मे हर्केकी चेली किन डोरिइन त, कलाकारितामै ? सरुसँग गरिएको कुराकानीः
तपाईंको परिचय तपाईंकै शब्दमा ?
म मोरङको गाविन्दपुर ४ मा बाबा अग्नीप्रसान र आमा रुक्मणी उप्रेतीको कोखबाट जन्मिएकी सामान्य नेपाली छोरी हुँ । केही वर्षयता हाम्रो बसाई झापाको दमकमा छ ।
शिक्षा कहाँबाट लिनुभयो ?
मैले एसएलसी जन्मथलोकै श्रीसनवारीबाटै गरेँ । प्लस टु काठमाडौंको जनमैत्रीबाट सकेर अहिले स्नातक अध्यनको क्रममा छु ।
कलाकार नै हुने रहर कसरी जाग्यो ?
सानैदेखि टीभी हेर्ने, रेडियो सुन्ने, फिल्म हेर्ने गर्थेँ । त्यो देख्दा त्यहाँ देखिएजस्तै कलाकार बनौँ लाग्थ्यो । स्कुलमा पनि म सांगीतिक कार्यक्रममा भाग लिन्थेँ । पछि साथीहरू कोही गायक बने, कोही कलाकार अनि म पनि रहर लागेको यात्रामा हिँडे ।
अरु क्षेत्रमा किन रुची लागेन ?
सानो छँदा जेमा रुची हुन्छ त्यही गर्न उर्जा, इच्छा र जाँगर लाग्दो रहेछ । आखिर जुन क्षेत्रबाट भए पनि राम्रो गर्नु नै जिग्दगीको उद्देश्य होइन र ?
अहिलेसम्म के केमा अभिनय गर्नुभयो ?
मैले औपचारिक कलाकारिता टेलिसिरियलबाट गरेँ । सुरुमा मैले सुभास पोखरेलको ‘नम्बर १ घरबेटी आमा’मा संगम भण्डारीको निर्देशनमा काम गरेँ । त्यसपछि ‘तोरीलाउरे’, ‘झ्याइँकुटी झ्याँइ’ सिरियलमा अनि ‘उनी’ भन्ने डकुमेन्ट्री फिल्ममा गरेँ । त्यसपछि मात्रै म्युजिक भिडियोमा काम थालेकी हुँ । अहिलेसम्म आधुनिक, लोक र तीजका गरेर एक दर्जन् म्युजिक भिडियोमा मोडलिङ गरेकी छु ।
कलाकारितामा को जस्तो बन्ने लक्ष छ ?
गर्दै जाने हो, यो या ऊजस्तो भन्ने छैन । मैले मेरो क्षमता, कला देखाएर मजस्तै अर्थात ‘सरु’ भनेर आफूलाई स्थापित गर्नसक्नु राम्रो हो, त्यही लक्षका साथ यो बाटोमा हिंडेकी छु ।
चलचित्र खेल्ने योजना ?
दुई, तीनवटा अफर आएका थिए । मैले अहिले नै नगर्ने भनेर साइन गरिन् । मेरा केही नीजि काम भएकाले अहिले लामो समयका लागि अनुबन्धित हुन नखोजेकी हुँ । विस्तारै नायिकाका रुपमा देख्नपाउनु हुन्छ ।
कलाकार भएर जीउन कति सम्भव छ ?
सम्भव छ जस्तो लाग्छ । राम्रो गर्ने हो भने सम्भावना धेरै पर्खिएर बसेको देख्छु । राम्रो कलाको सम्मान देशविदेशमा हुन थालेको छ । तर कलाकारितामा समर्पित नभएर यसलाई सिँढी बनाउने हो भने न कलाकारको प्रगती हुन्छ न यो क्षेत्रले सम्मान पाउँछ ।
कलाकारितामा अनेक जोखिम छ भनिन्छ नि ?
हो सुनेकी छु, मैले पनि । जोखिम हरेक क्षेत्रमा छ । आर्थिक, सामाजिक र चारित्रिक ग्यारेन्टी भएको क्षेत्र खासै कुनै छ जस्तो लाग्दैन । भन्छि नि, ‘आफू भलो त जगत भलो’ यही शुत्रमा अगाडि बढ्ने हो ।

सरुको परिभाषामा जीवन के चिज हो ?
आहा ! जीवन त अमुल्य उपहार हो । यो भगवानको सुन्दर बरदान हो । प्रकृतिको उपहार हो । फेरि फेरि पाइँदैन जीवन । त्यसैले खुसी भएर जीउनुपर्छ यो जुनी ।
दुःखी भएर पनि त बाँच्नै पर्छ नि, दुःखी हुँदैमा त्यसबाट छुटकारा पाइँदैन क्यारे, अनि किन दुःखी हुने ? पीडा, अभाव, चोट दुःखी हुँदैमा टर्दैन भने खुशी किन नभइदिने ? त्यसैले जस्तो अवस्थामा पनि खुसी भएर बाँच्नुपर्छ ।
सरुको परिभाषामा प्रेम के हो ?
जीवन र प्रेम एकअर्काका परिपूरक हुन् । प्रेमविनाको जीवन गाह्रो छ भने जीवनविना कसरी प्रेम सम्भव छ ? अनि प्रेम विनाको जीवन त निरश, रुखो र उजाड नै हुन्छ नि । आमा, बुवा, दाजुभाइ, दिदीबहिनी, साथीसँगीसँग गर्ने पनि प्रेम हो ।
प्रेम र सेक्सको सम्बन्ध के छ ?
प्रेम, प्रेम हो । प्रेम निशर्त हुन्छ । स्वतःस्फुर्त हुन्छ । सेक्सको उद्देश्य राखेर गरिने प्रेम प्रेम होइन, त्यो स्वार्थ हो, त्यसालाई प्रेमको नाम दिन पनि सकिँदैन । सेक्स भन्ने कुरा प्राकृतिक क्षण हो । यो हुने कुरा हो । यसको सामाजिक मर्यादा हुन्छ । मर्यादा नाघ्नु भनेको विकृति हो । विकृति विनाको सेक्स प्राकृतिक कुरा हो ।


















प्रतिक्रिया