२ कार्तिक २०८३, सोमबार

बैंकर्स संघको अध्यक्षमा अनिल शाह निर्विरोध

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

anil-saha

काठमाडौं, ३० कात्तिक । नेपाल बैंकर्स संघको अध्यक्षमा मेगा बैंकका सीइओ अनिलकेशरी शाह निर्विरोध निर्वाचित हुनुभएको छ ।

अध्यक्ष पदका लागि शाहको मात्रै उम्मेद्वारी परेपछि बुधबार हुनलागेको साधारणसभा अगावै शाह संघको अध्यक्षमा निर्वाचित हुनुभएको हो । शाह यसअघि बरिष्ठ उपाध्यक्ष हुनुहुन्थ्यो ।

निर्वाचित कार्यासमितिको घोषणा बुधबार हुने बताइएको छ । त्यसैगरी उपाध्यक्षमा एनबी बैंकका सीइओ ज्ञानेन्द्र ढुंगाना निर्वाचित हुनुभएको छ ।