१९ कार्तिक २०८३, बिहिबार

प्रधानसेनापति क्षत्री बंगलादेश प्रस्थान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

rajendra-chettri

काठमाडौं, ३० कात्तिक । प्रधानसेनापति राजेन्द्र क्षत्री बंगलादेश प्रस्थान गरेका छन् ।

नेपाल सरकारको निर्णय बमोजिम क्षत्री मंगलबार बंगलादेशका सेना प्रमुख जनरल अबु बेलाल मोहम्मद सैफूलको औपचारिक निमन्त्रणामा ६ दिने औपचारिक भ्रमणका क्रममा आठ सदस्यीय भ्रमण दलसहित बंगलादेशको ढाका प्रस्थान गरेका हुन् ।

प्रधानसेनापति क्षत्रीलार्ई बलाधिकृत रथी बलदेवराज महतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाई गरेका छन् । यसअघि प्रधान सेनापति क्षत्रीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियोे । उक्त अवसरमा नेपाली सेनाका रथीबृन्द, नेपालस्थित बंगलादेश राजदुतावासका प्रथम सचिव लगायत विभिन्न मित्रराष्ट्रका आवासीय सैनिक सहचारीहरुको समेत उपस्थिती रहेको थियो ।

नेपाली सेनाको प्रधान सेनापतिमा नियुक्ति पश्चात् पहिलो पटक हुन लागेको बंगलादेश भ्रमणको सिलसिलामा महारथी क्षत्रीले बंगलादेशका राष्ट्रपति, सेना प्रमुख लगायत अन्य विशिष्ट व्यक्तिहरुसँग भेटघाट गर्नुहुनुका साथै, बंगलादेश नेशनल डिफेन्स कलेज लगायत अन्य सैनिक युनिट तथा संरचनाहरुको भ्रमण गर्ने कार्यक्रम छ ।

उक्त अवधिभर प्रधान सेनापतिको अनुपस्थितीमा बलाधिकृत रथी बलदेवराज महतले कायम मुकायम प्रधान सेनापतिको कार्यभार सम्हाल्नेछन् ।