१ कार्तिक २०८३, आइतबार

सुजातालाई ५० लाख दिने निर्णयको यसरी विरोध गरे राजेश हमालले

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

rajesh_-hamal1

काठमाडौं । महानायक राजेश हमालले कांग्रेस नेतृ सुजाता कोइरालालाई ५० लाख उपचार खर्च दिने निर्णयको व्यंग्यात्मक शैलीमा विरोध गरेका छन् ।

उपचार खर्च दिने निर्णयको जताततै विरोध भइरहेका बेला मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत राजेशले व्यंग्यात्मक शैलीमा प्रश्न समेत गरेका छन् ।

उनले लेखेका छन्- ‘के मैले सही सुने ? कि यो वर्तमान सरकारले सबै स्तन क्यान्सरका पीडितहरुलाई रु ५० लाख उपलब्ध गराउँदैछ ? आहा ! अव हामीले अन्य शुभ समाचार सुन्नेछौं शिक्षा र त्यसपछि रोजगारीको क्षेत्रमा, सायद ? कि मैले गलत सुने हँ ? कृपया सच्चाइदिनुस् !’

यसअघि राजेशले भारतीय राष्ट्रपतिको नेपाल भ्रमणका बेला अघोषित कर्फ्यू लगाएपछि ‘भारतका राष्ट्रप्रमुख दिल्लीमा हुँदा नाकाबन्दी, नेपाल आउँदा अघोषित कर्फ्यु’ भन्दै कडा प्रतिक्रिया जनाएका थिए ।