काठमाडौं, ३० कात्तिक । प्रधानमन्त्री तथा ने.क.पा. (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले सांसद भक्तिप्रसाद पाण्डेप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ ।
पाण्डेको आइतबार साँझ उपचारका क्रममा निधन भएको थियो । श्रद्धाञ्जलि स्वरुप दाहालले आज बिहान पाण्डेको पार्थिव शरीरमा कम्युनिष्ट पार्टीको झण्डा ओढाउनु भएको हो ।
केन्द्रीय कार्यालय पेरिसडाँडामा भएको श्रद्धाञ्जलि कार्यक्रममा सभामुख ओनसरी घर्ती, मन्त्रीहरु जनार्दन शर्मा, हितराज पाण्डे, अजयशंकर नायक, दलजित श्रीपाइली, नेताहरु नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा, पूर्वसभामूख सुवास नेम्वाङ, नेताहरु टोपबहादुर रायमाझी, वर्षामान पुन, गिरिराजमणि पोखरेल, अमिक शेरचन, पम्फा भुसाल, अग्नि सापकोटा, शक्ति बस्नेत, मातृका यादव, महेन्द्र राययादव, चक्रपाणि खनाल, हिसिला यमीलगायतको उपस्थिति थियो ।
२०११ साल पुस ५ गते आमा योगमाया र बुवा प्रजापतिको कोखबाट जन्मनुभएका पाण्डे लामो समयदेखि क्यान्सरको समस्याबाट ग्रसित हुनु हुन्थ्यो ।












प्रतिक्रिया