मुम्बई । बलिउड अभिनेत्री विद्या बालनले डिभोर्सको हल्लाको पछाडि नलाग्न आग्रह गरेकी छिन् । भारतीय मिडियाहरूले विद्याका पति निर्माता सिद्धार्थरोय कपुरसँग सम्बन्ध चिसिएको र डिभोर्ससम्म कुरा पुगेको समाचार सार्वजनिक भएपछि त्यसको खण्डन गरेकी हुन् ।
उनले आफू र पति सिद्धार्थबीच पहिलाजस्तै नै सुमधुर सम्बन्ध रहेको पनि जिकिर गरेकी छिन् । ‘अचेल मैले सिद्धार्थसँग सेल्फी लिन भ्याएकी छैन । उनी र म कुनै प्रोग्राममा हात समातेर सँगै नहिँडेको पनि धेरै भयो । यसको मतलब यो होइन कि म डिभोर्स लिँदै छु’, आक्रोशित हुँदै विद्या भन्छिन्, ‘कार्य व्यस्तताले पति–पत्नी सधैँ सँगै हुन सकिँदैन । परिस्थिति सधैँ एकैनासको पनि हुँदैन । यसमा अफवाह फैलाइहाल्नु निकै गलत हो ।’
विद्या र सिद्धार्थले चार वर्षअघि बिहे गरेका हुन् । विद्या सिद्धार्थकी चौथी पत्नी हुन् । उनी अचेल आफ्नो फिल्म ‘कहानी–२’को प्रमोसनमा खटिएकी छिन् । – एजेन्सी















प्रतिक्रिया