२ कार्तिक २०८३, सोमबार

चार दिनका लागि केरुङको चिनियाँ राजमार्ग अवरुद्ध हुने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rasuwagadi-Kerung-Naka (4)

रसुवा, २९ कात्तिक । नेपाल र चीनबीचको उत्तरी नाकाअन्तर्गत चिनियाँ भू–भागमा केही समयका लागि सवारीसाधन आवतजावत अवरुद्ध हुने भएको छ ।

रसुवागढीको मितेरी पुल–केरुङबीचको ठोङ्सा आसपास क्षेत्रको भिरमा विस्फोटक पदार्थ प्रयोग गरी पहरो फुटाउन लागेकाले सडकमा गुड्ने सवारीसाधन मङ्गलबारदेखि चार दिनका लागि अवरुद्ध हुने चिनियाँ सुरक्षाकर्मीले जानकारी दिएको जिल्ला प्रहरी प्रमुख फणीन्द्र प्रसाईंले बताउनुभयो ।

सडक मर्मत गरुञ्जेल नेपाल–चीनको सामान आयातनिर्यात ठप्प भई राजस्वसमेत प्रभावित हुने रसुवा भन्सार कार्यालय, टिमुरेले जनाएको छ । रासस