काठमाडौँ, २९ कात्तिक । शिक्षा राज्यमन्त्री धनमाया विक खनालले एउटा धर्म वा जातिले अर्को धर्म वा जातिको सम्मान गर्ने सिक्नुपर्ने बताउनुभएको छ ।
राष्ट्रिय ख्रिस्टियन महासङ्घ नेपालको चौथो वार्षिकोत्सवको आज यहाँ उद्घाटन गर्दै उहाँले सो बताउनुभएको हो ।
कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का नेता राजकाजी महर्जनले एक धर्मावलम्बीले अन्य धर्मावलम्बीलाई अपमानित गर्न नहुने बताउनुभयो । नेकपा (एमाले)का युवा नेता सूर्य थापाले धार्मिक क्षेत्रमा भएको कट्टरतालाई बढावा दिन नहुने उल्लेख गर्दै यसलाई नियन्त्रण गरिनुपर्ने बताउनुभयो ।
महासङ्घका अध्यक्ष सिबी गहतराजले धर्मका आधारमा कसैलाई पनि भेदभाव गर्न नहुने र क्रिसमसमा सार्वजनिक बिदा दिइनुपर्ने माग गर्नुभयो । महासङ्घले १५ बुँदे काठमाडौँ घोषणापत्र पनि जारी गरेको छ । रासस













प्रतिक्रिया