१९ कार्तिक २०८३, बिहिबार

राष्ट्रपतिबाट पाँच विधेयक प्रमाणीकरण

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर
फाइल तस्वीर

काठमाडौँ, २९ कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले व्यवस्थापिका–संसद्को बैठकबाट विभिन्न मितिमा पारित पाँच विधेयकलाई आज प्रमाणीकरण गर्नुभएको छ ।

संसद्बाट पारित भई प्रमाणीकरणका लागि पेस हुन आएका ती विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता कुलप्रसाद चुडालले जानकारी दिनुभयो ।

प्रमाणीकरण भएका विधेयकमा नेपाल राष्ट्र बैंक (दोस्रो संशोधन) विधेयक २०७३, ऋण तथा जमानत (एक्काइसौँ संशोधन) विधेयक २०७३, राष्ट्र ऋण उठाउने विधेयक २०७३, आर्थिक विधेयक २०७३ र वन (दोस्रो संशोधन) विधेयक, २०७३ छन् । रासस