१९ कार्तिक २०८३, बिहिबार

लोकमानको पक्षमा राजधानीमा प्रदर्शन, जुलुसमा देखिए यस्ता अनुहार (भिडियो)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

lokman-1

काठमाडौं, २९ कात्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीको समर्थनमा सोमबार राजधानीमा प्रर्दशन भएको छ ।

व्यवस्थापिका संसदमा लोकमानविरुद्धको महाअभियोग प्रस्तावमा छलफल चलिरहेका बेला उनको समर्थनमा जुलसै निस्किएको हो । ‘भ्रष्टाचार विरुद्धको आन्दोलन सफल पारौं, कार्कीमाथिको महाअभियोग प्रस्ताव खारेज गरौं, लोकमान जनता तिम्रो साथमा छन्, भ्रष्टलाई कारवाही गर्न खुट्टा नकमाऊ’ भन्ने नारासहित महिलादेखि जेष्ठ नागरिकसम्म प्रदर्शनमा उत्रिएका छन् ।

नेपालको झण्डा बोकेर जुलुस माईतीघरदेखि नयाँ बानेश्वरसम्म पुगेको थियो । प्रदर्शनकारीले लोकमानमाथिको महाअभियोग समेत फिर्ता लिन माग गरेका छन् ।

हेर्नुस् भिडियोः

भिडियोः अनलाइनखबरबाट ।