
काठमाडौं । दुई सय फिल्ममा अभिनय र ५६ वर्ष लामो प्रतिक्षापछि अन्ततः हलिउड अभिनेता ज्याकी च्यानले ओस्कार अवार्ड पाएका छन् ।
पुरस्कार पाएपछि ६२ वर्षीय ज्याकी च्यानले ‘कैयौ हड्डी टुटाएपछि मलाई यो सम्मान मिलेको’ प्रतिक्रिया दिए । ओस्कार अवार्ड पाएपछि ज्याकीले भने– ‘मेरा पिता सधै यो सोध्थे कि छोरा तिमीले संसारभरमा यति धेरै फिल्ममा काम गर्यौ, यति धेरै अवार्ड जित्यौ, तर तिमीलाई ओस्कार कहिले मिल्छ । मैले उनलाई भने कि म केवल एक्शन–कमेडी फिल्म बनाउँछु ।’

चिनियाँ मुलका ज्याकीले पुरस्कार जितेपछि आजभन्दा २३ वर्ष पहिला ओस्कर अवार्ड पाउने सपना देखेका बताए । त्यो बेला उनी एक्शन स्टार सिल्वेस्टर स्टेलोनको घर गएका थिए । त्यहाँ ओस्कर राखिएको थियो र त्यहीबाट उनको सपना पनि यो पाउने भयो ।
एक्शन–कमेडीबाट फिल्ममा योगदान गरेको भन्दै उनलाई ओस्कार अवार्ड दिइएको हो । ज्याकीलाई यो सम्मान टोम हैंक्स, रश आवरमा उनसँग काम गरिसकेका क्रिस टकर र पुलिस स्टोरी–३ की अभिनेत्री मिखेल योहले प्रदान गरे ।
ज्याकीले पहिलो फिल्म तब खेलेका थिए जब उनी ६ वर्षका थिए । यी ५६ सालमा उनले २०० भन्दा बढी फिल्ममा काम गरिसकेका छन् र दर्जनौं हड्डी भाँचिएका छन् ।

















प्रतिक्रिया