काठमाडौं । नयाँ ‘चलचित्र निर्माता संघ नेपाल’ निर्माता तथा नायक नवल खड्काको अध्यक्षतामा गठन भएको छ । राजकुमार राई नेतृत्वको चलचित्र निर्माता संघले आर्थिक हिनामिना गरेको आरोप लगाउँदै आएका असन्तुष्ट निर्माताहरुको बिहीबार संघ गठन गरेका हुन् ।
संघको सह–अध्यक्षमा उदय सुब्बा, वरिष्ठ उपाध्यक्षमा लय संग्रौला, उपाध्यक्षमा सुस्मिता केसी र हिक्मत थपलिया र महासचिवमा विमल छानिएका छन् ।
सचिवमा मनोज श्रेष्ठ, सहसचिवमा किसन पोख्रेल छानिएका छन् । सदस्यहरुमा मुनाल घिमिरे, अर्जुन कार्की, मदन कुमार इन्गनाम, गंगाप्रसाद पोखरेल, रामकृष्ण न्यौपाने, निरज ढकाल, भूपेन्द्र लिंदेन(मन्त्री), निर्मल लामा र वीरेन्द्र सिंह रहेका छन् ।
नेपाली चलचित्रमा व्यवसायिक, व्यवसायिक र पारदर्शिता हुनुपर्ने एजेण्डाका साथ चलचित्र निर्माता संघ नेपालको गठन गरिएको अध्यक्ष नवल खड्काले बताए ।
नयाँ निर्माता संघ खोलिए पछि निर्माता संघका अध्यक्ष राजकुमार राईलाई टेन्स बढेको छ । नयाँ संघमा निर्माता साथीहरु धेरै सहभागी हुने हुन् कि भन्ने उनलाई अहिले डर पैदा भएको छ ।
‘असन्तुष्ट साथीहरुलाई सम्बोधन गर्छु भन्दा भन्दै नयाँ संघ खोल्नु भएको छ’ अध्यक्ष राइले भने ‘ यस्ता संघले पुरानो संघलाई केही अब्ठ्यारो पर्दैन’, अध्यक्ष राइले थपे ‘नयाँ संघ सिडियो कार्यलयमा दर्ता नभएर कम्पनी रजिष्टारको कार्यलयमा नाफा मुलक कम्पनी प्रालीका हिसावले दर्ता भएको छ । यस्ता संस्था हिजो देखि आजसम्म निर्माता संघमा करिव दुई हजार भन्दा बढि आवद्ध छन् ।’
राईले बिधिसंवत निर्माताको संघद्धको चुनावमा उड्न नपाउने ब्याक्तिले चुनावमा उठ्न नपाउने ब्यक्तिहरुले नयाँ संघ खोलेको आरो लगाए ।
निर्माताहरुकै प्रतिस्पर्धी संघ खुलेको यो पहिलो होइन । अशोक शर्मा निर्माता संघको अध्यक्ष भएको बेला राजकुमार राईले राष्ट्रिय चलचित्र निर्माता संघ गठन गरेका थिए ।
राइको संघ पछि शर्मा नेतृत्व संघमा मिलेको थियो । राजकुमार राईकै बाटो अहिले नवलले पनि अपनाएका छन् ।
अहिले नयाँ संघ खोल्नेहरुले निर्माता संघका अध्यक्ष राईले भवन निर्माण कोषको रकम हिनामिना गरेको आरोप लगाएका छन् ।















प्रतिक्रिया