२ कार्तिक २०८३, सोमबार

रुकुममा पहिलोपटक प्याराग्लाईडिङ्ग परिक्षण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

paragaliding– अमरराज पुन

रुकुम, २८ कात्तिक । पर्यटनको राम्रो संभावना बोकेको रुकुम जिल्लामा आज पहिलोपटक प्याराग्लाईडिङ्ग परिक्षण गरिएको छ ।

जिल्लाको पर्यटन पवद्र्धन गर्ने उदेश्यले पर्यटन पवद्र्धन तथा वातावरण संरक्षण केन्द्र नेपालको संयोजनमा प्याराग्लाईडिङ्ग परिक्षण गरिएको हो । प्याराग्लाईडिङ्ग परिक्षण कार्यक्रमको आज पहिलो दिन रुकुम मुसिकोटको जन्ती बस्ने लेकबाट ४ ओटा प्यारासुट उडाएर सल्ले विमानस्थल रुकुममा अवतरण गरिएको हो ।

आजबाट सुरु गरिएको परिक्षण कार्यक्रमलाई मंसिर ३ गते सम्म जिल्लाको संभावित ठाउँहरु मुसिकोट, बाँफिकोट र रुकुमकोटमा उक्त प्याराग्लाईडिङ्ग परिक्षण कार्यक्रम गरिने भएको छ । प्याराग्लाईडिङ्ग परिक्षणमा सहभागी ४ जना पाईलटहरुलाई भने फिस्टेल नेपाल प्याराग्लाईडिङ्ग, लेकसाईड पोखरा, कास्की नेपालले अनुमति दिएको छ ।

प्याराग्लाईडिङ्ग पाईलटहरुमा सुवास थापा, रमेश पहाडी, महेश रावल र प्रविण क्षेत्री रहेका छन् । पर्यटन पवद्र्धन तथा वातावरण संरक्षण केन्द्र नेपाल, रुकुम र जिल्लाका विभिन्न सरोकारवाला निकायको आर्थिक सहयोगमा रुकुम जिल्लामा पहिलोपटक प्याराग्लाईडिङ्ग परिक्षणको सुरु गरिएको छ ।

रुकुम जिल्लालाई साँच्चिकै पर्यटनको गन्तब्य बनाउनलाई पनि हाल प्याराग्लाईडिङ्ग परिक्षण गरिएको र यस कार्यलाई आगामि दिनमा समेत निरन्तरता दिने पर्यटन पवद्र्धन तथा वातावरण संरक्षण केन्द्र नेपाल, रुकुमका अध्यक्ष चन्द्र बहादुर के.सी. ले बताउनुभयो । प्याराग्लाईडिङ्ग परिक्षणको आज पहिलो दिन फरक–फरक समयको अन्तरालमा दिनभर रुकुम मुसिकोटको आकाशमा ४ ओटा प्यारासुट उडेका थिए ।

आकाशमा प्यारासुट उड्दै गर्दाको रमाईलो लिन रुकुमबासीहरु ठाउँ–ठाउँमा जम्मा भएका थिए । प्यारासुटको नाम मात्र सुनेको तर प्रत्यक्ष देख्न नपाएकाले पनि होला बच्चा देखि बृद्ध सम्म एकदमै खुशि भएका थिए । आज पहिलो दिनको प्याराग्लाईडिङ्ग परिक्षण हेर्न र देख्न पाउँदा अब रुकुम जिल्ला पनि प्याराग्लाईडिङ्गको राम्रो संभावना बोकेको जिल्ला बन्न सक्ने र पर्यटनको क्षेत्रमा उत्कृष्ट फड्को मार्न सक्ने अनुमान सबै पक्षबाट गरिएको छ ।