मुम्बई । भारतीय अभिनेत्री रेखा मोहनको रहस्यमय मृत्यु भएको छ ।
भारतीय सञ्चार माध्यमका अनुसार रेखा आइतबार आफ्नै अपार्टमेन्टमा मृत फेला परेकी छन् । उनी केरलास्थित शोभा सिटी कम्पलेक्सको एक अपार्टमेन्टमा बस्दै आएकी थिइन् । उनको मृत्युबारे केरला प्रहरीले अनुसन्धान गरिरहेको छ ।

४५ वर्षीया रेखा फिल्म र टेलिभिजन अभिनेत्रीले ‘उद्यानापलक्कम’, ‘वारूवोलम’ र ‘यात्रामोझी’ जस्ता फिल्मबाट चर्चामा आएकी थिइन् ।
टेलिभिजन अभिनेत्री प्रत्युषा बनर्जीको रहस्यमय मृत्यु भएको १ वर्ष नवित्दै रेखाको पनि रहस्यमय मृत्यु भएको घटनाले बलिउड स्तब्ध बनेको छ ।
















प्रतिक्रिया