२ कार्तिक २०८३, सोमबार

सानिमा बैंकद्धारा सामुदायिक केन्द्रलाई घाँस काट्ने उपकरण प्रदान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sanima-bank

काठमाडौं, २८ कात्तिक । बिगतका सहयोगलाई निरन्तरता दिइँदै सानिमा बैंकले नक्साल स्थित नन्दीकेशर बगैंचा नारायणचौरको सुन्दरता कायम राख्नका लागि सामुदायिक केन्द्र नक्साललाई घाँस काट्ने उपकरण (Lawn Mower) प्रदान गरेको छ ।

११ औं महानगरीय प्रहरी दिवसका दिन आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले सामुदायिक केन्द्रका अध्यक्ष नरेन्द्रबहादुर श्रेष्ठलाई घाँस काट्ने उपकरण (Lawn Mower) प्रदान गर्नुभयो ।

सामाजिक उत्तरदायित्व अन्तर्गत सानिमा बैकले शैक्षिक छात्रवृत्ति, रक्तदान तथा अन्य विभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।