बन्द गर तिम्रा आँखा, बन्द गर झ्यालहरु
अझै किन बन्द गर्छौ, जनघाती स्यालहरु ?
गरीबले खाने के हो बताईदेऊ न ब्वाँसाहरु,
जनताको मुख थुनी, किन काढ्छौ र्यालहरु ?
बन्द किन बिकल्प भो कहाँ गए ख्यालहरु ?
कस्तो क्रान्ति गर्छौ फेरि बिगारेर हाल हरु ?
कायर बनी टायर बाल्ने हातहरु कीरा परून,
बगाएर लगून् तिम्लाई सुनामीका छालहरु !!
















प्रतिक्रिया