मुम्बई । बलिउड अभिनेता शाहरुख खानकी पत्नी गौरी खानसँग जोडिएको एउटा अचम्म लाग्ने समाचार अहिले भाइरल भइरहेको छ ।
भारतीय ‘पपुलर वेबसाइट’मा छापिएअनुसार गौरीले एक फोटोग्राफरलाई आफ्नो फोटो ‘डिलिट’ गर्न पाँच हजार भारतीय रुपैयाँको अफर गरेकी थिइन् ।
वेबसाइटमा छापिएको रिपोर्टअनुसार गौरीले त्यतिवेला नयाँ सोरुमका लागि ठाउँ खोज्दै थिइन्, जब फोटोग्राफरले उनको फोटो खिचिहाले ।
आफ्नो फोटो खिचेको गौरीलाई थाहा भइहाल्यो । उनले बडिगार्डलाई नै पठाएर फोटोग्राफरलाई बोलाइन् । त्यहाँ उनको पहिलो अनुरोध थियो, ‘फोटो डिलिट गरिदिनुस् ।’ तर, फोटोग्राफरले मानेनन् ।
त्यसपछि गौरीले उनलाई पाँच हजारको अफर गरिन् । फोटोग्राफरले उनको पैसा लिन मागेनन् । ती फोटोग्राफरले त्यो फोटो सामान्य फोटो भएको पनि बताएका छन् । – एजेन्सी















प्रतिक्रिया