१ कार्तिक २०८३, आइतबार

कुलमान भन्छन्- अब लोडसेडिङ तालिका आउँदैछन्, बरु जेल जान्छु तर जनतालाई बिजुली दिन्छु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kulman_ghising-interview

काठमाडौं, २७ कात्तिक । नेपाल विद्युत प्राधिकरणमा प्रमुख कुलमान घिसिङले अब लोडसेडिङको तालिका नआउने घोषणा गरेका छन् ।

काठमाडौं उपत्यकालाई लोडसेडिङमुक्त बनाएर चर्चामा आएका घिसिङले हिमालय टेलिभिजनको यक्ष प्रश्न कार्यक्रममा पत्रकार नारायण पौडेलसँगको कुराकानीमा भने– ‘लोडसेडिङ तालिका अब आउदैन । तालिका प्रकाशित गरेर किन आतंक सृजना गर्ने ? अब लोडसेडिङ हुनै नदिने ।’

घिसिङले उर्जा मन्त्रालयबाट नागरिकताको आधारमा मिटर–बक्स जोडि दिने निर्णय गराएको कुरा सार्वजनिक गर्दै भने– ‘घर बनाउन दिने, मिटर–बक्स नदिएर अध्याँरोमा राख्ने ? यो मिल्दैन । मिटर–बक्स दिन्छौँ, बरु त्यसबापत जेल जान परे पनि जान्छौँ ।’

हिउँदमा केही मात्रामा लोडसेडिङ हुनसक्ने भन्दै उनले भने– ‘जाडोको चिन्ता हो । पिक आवरमा उद्योग नचलाएमा लोडसेडिङ हुँदैन । जेठपछि त लोडसेडिङ हुँदैन भनेर लेखेर दिन्छु, परीक्षणमा भएकाले अहिले चाहीं मुखले मात्र भन्छु ।’

हेर्नुस् भिडियोः