१ कार्तिक २०८३, आइतबार

देउवा र ओलीवीच वान–टू–वान वार्ता, के विषयमा भयो कुराकानी ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

oli-deuba-650x316काठमाडौं, २६ कात्तिक । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी ओलीवीच मुलुकको पछिल्लो राजनीतिक अवस्थाका विषयमा परामर्श भएको छ ।

सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा शुक्रबार भएको भेटवार्तामा संविधान संशोधन र महाअभियोग प्रस्तावका विषयमा कुराकानी भएको स्रोतले जनाएको छ ।

‘शेरबहादुर देउवा र केपी ओलीवीच संविधान संशोधनका विषयमा कसरी अगाडि बढ्न सकिन्छ भन्ने विषयमा कुराकानी भएको हो’, स्रोतले भन्यो, ‘उहाँहरूका वीच लोकमान सिंह कार्कीविरुद्धको महाअभियोग प्रस्तावका विषयमा छलफल केन्द्रित थियो ।’

मधेसी मोर्चाले संविधान संशोधनका लागि कांग्रेस र माओवादी केन्द्रलाई दबाब दिँदै आएको छ । कात्तिक मसान्तभित्र संशोधन प्रस्ताव दर्ता नभए सरकारलाई दिएको समर्थन फिर्ता लिएर मंसिर पहिलो हप्तादेखि आन्दोलन गर्ने मोर्चाको चेतावनी छ ।