काठमाडौं, २६ कात्तिक । अशोक लेलैण्ड पन्तनगर बहुप्रतिष्ठित डेमिङ्ग अवार्ड, २०१६ द्वारा सम्मानित हुँदै (जापान बाहिरको) कमर्शियल भेहिकल निर्माताहरुमा सो अवार्ड पाउने विश्वकै पहिलो कम्पनी भएको छ ।
सन् १९५१ मा स्थापना भएको डेमिङ्ग प्राइज “टोटल क्वालिटि म्यानेज्मेन्ट” को क्षेत्रमा प्रदान हुने सबैभन्दा पहिलो अवार्डहरु मध्ये एक हो जुन संसारभरि नै निकै सम्मानित छ । यस अवार्ड अन्तर्गत विश्वभरका “टोटल क्वालिटी म्यानेज्मेन्ट” क्षेत्रमा सबैभन्दा उत्कृष्ट कार्य गर्ने कम्पनीहरुलाई वृहत् छनौट प्रक्रिया मार्फत गरिन्छ ।

अशोक लेलैण्डले हालसम्म जितेका कैयौं अवार्डहरु माझ यस गरिमामय सम्मानलाई पनि थप्न पाएकोमा अशोक लेलैण्ड परिवार निकै उत्साहित एवम् गर्व महशुस गर्दछ ।
यस अवार्डले कम्पनीको आफ्ना ग्राहकहरुलाई सधैं उत्कृष्ट सेवा तथा उच्चगुणस्तरीय अनुभवहरु प्रदान गर्ने प्रतिबद्धतालाई अभैm प्रमाणित गरेको छ भने कम्पनीलाई पनि ग्राहकहरुका हितमा झनै प्रतिबद्ध रही उच्चस्तरीय सेवा प्रदान गर्ने हौसला दिएको बताइएको छ ।
















प्रतिक्रिया