काठमाडौं । सामाजिक सञ्जालबाट चर्चामा आएकी ‘तरकारीवाली’ गोरखाकी कुशुम श्रेष्ठले फिल्म खेल्नका लागि आएको प्रस्ताब अस्वीकार गरेकी छन् ।
तरकारी बोकेको तस्विरबाट सामाजिक सञ्जाल हुँदै एकाएक सञ्चारमाध्यमबाट चर्चाको शिखरमा पुगेकी कुशुमले सबैको अपेक्षा र चाहनाअनुसार अहिले नै फिल्म खेल्ने नचाहेको बताइन् ।
एकाएक चर्चामा आएकी कुशुमलाई ‘लम्फु’ नामक फिल्म निर्माण टिमले खेलिदिन प्रस्ताव गरेको थियो । तर, उनले ‘मलाई चर्चामा ल्याएको समाजिक संञ्जालमा तत्काल फिल्म नखेल्न सुझाब आएकाले’ अहिले योजना नबनाएको स्पष्ट पारिन् ।
कक्षा १२ मा अध्ययनरत कुशमले उच्च शिक्षा पूरा गरिसकेपछि फिल्म क्षेत्रमा आउनेबारे सोच्ने बताइन् । ‘मेरो इच्छा त फिल्मी क्षेत्र नै हो । तर, पहिला पढाइ सक्छु,’ उनले भनिन् ।
व्यवस्थापन संकाय पढिरहेकी कुशुमले फिल्म नखेलेपछि ‘लम्फु’ फिल्म युनिटले उच्च शिक्षामा लाग्ने सबै खर्च व्यहोर्ने निर्णय गरेको छ । फिल्मका निर्माता शक्तिबल्दव घोरासैनीले कुशुमलाई कक्षा १२ मा पढाउन र बीबीएस पनि पढाउन सहयोग गर्ने र त्यसका लागि उनले फिल्म खेल्न नपर्ने बताए ।
हेर्नुस् भिडियोः
https://www.youtube.com/watch?v=tk9h0-rK11o
















प्रतिक्रिया