१ कार्तिक २०८३, आइतबार

जब अभिषेकले यी अभिनेत्रीसँग भने- ‘म तपाईसँग सुत्न चाहन्छु…’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

avishek

मुम्बई । हिन्दी सिनेमाको ७० दशककी अभिनेत्री जीनत अमानको सुन्दरताबाट करोडौं फ्यान फिदा हुन्थे । उनको एक झल्को पाउनका लागि मानिसहरु लामो भीड लाग्थ्यो । यता अहिले उनीबारे बलिउडका जुनियर अभिषेक बच्चनले नयाँ खुलासा गरेका छन् ।

एक टिभी शो का क्रममा अभिषेकले बताएकी जीनत अमानको फ्यानमा म पनि शामेल थिए । त्यो बेला म उमेरमा धेरै सानो थिए तर, पनि मलाई जीनत अमान साह्रै रामी लाग्थिन् । टिभी शो मा अभिषेकले ‘सत्यम शिवम सुन्दरम’ फेम एक्टर्स जीनत अमानप्रति आफ्नो पहिलो प्रेम दर्शाएको बताएका थिए ।

zeenat

भारतीय सञ्चारमाध्यमका अनुसार शो मा अभिषेकले एउटा रमाइलो घटना पनि सुनाए । ‘जब मेरा पिता अमिताभ बच्चन एक समय हिमाञ्चलमा जीनत अमानसँग फिल्मको शूटिंग गरिरहेका थिए र यसक्रममा म पनि बुवासँगै थिए,’ अभिषेकले अगाडि सुनाए– ‘त्यसक्रममा मैले मेरा पिताकी को–स्टार जीनत अमानसँग समय विताउन निकै रमाइलो लागिरहेको थियो । म उनसँग हरेक समय खेल्नमै व्यस्त भए ।’

अभिषेकका अनुसार एकदिन जब जीनत अमान डिनर गरेपछि आफ्नो रुमतिर लागिन् त्यसैबेला ५ वर्षका क्युट अभिषेक जान्न चाहन्थे कि उनी कोसँग सुत्नेछिन् । जब उनलाई थाहा भयो कि जीनत अमान एक्लै सुत्न लागिरहेकी छन् तब क्युट अभिषेकलाई निकै हैरानी भयो । अभिषेकले जीनतलाई मलिलो स्वर सोधे– ‘के म तपाईसँग सुत्न सक्छु ?’ जवाफमा जीनतले पनि रोमान्टिक मुडमा भनिन्–‘थोरै ठूलो त होउ फेरि सुतौला ।’