काठमाडौं, २५ कात्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच वार्ता सुरु भएको छ ।
पूर्व प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार प्रमोद दाहालका अनुसार सिंहदरवारस्थित सभामुखको कार्यकक्षमा अपराह्न चार बजेपछि प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता सुरु भएको हो ।
भेटमा दुई नेताबीच संविधान कार्यान्वयन, संविधान संशोधन र स्थानीय निकायको निर्वाचन र लोकमानविरुद्धको महाअभियोग लगायतका विषयमा वार्ता हुने बताइएको छ ।
यसअघि प्रधानमन्त्री दाहालले आज विहान कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका थिए ।
















प्रतिक्रिया