२ कार्तिक २०८३, सोमबार

सुदूरपश्चिमको पर्यटन विकासका लागि एमालेले थाल्यो पहल

2.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

uml-tourist-news

काठमाडौं, २५ कात्तिक । नेकपा एमालेका केन्द्रीय उपाध्यक्ष भीम रावलले पर्यटन क्षेत्रको विकासका लागि सरकारले दीर्घकालीन गुरुयोजना बनाएर अघि बढनुपर्ने बताएका छन् ।

‘पर्यटकीय दृष्टिकोणले यस (सुदूरपश्चिम) क्षेत्रमा धेरै स्थल छन्,’ उनले भने- ‘पर्यटन स्थलको धनी क्षेत्र भएपनि भौतिक पुर्वाधार विकास नहुँदा ओझेलमा छन् ।’

‘यो क्षेत्रमा धार्मिकस्थल (शैलेश्वरी, उग्रतारा, गोदावरी आदि), ऐतिहासिक स्थल (अमरगढी, अजयमेरुकोट आदि) र सांस्कृतिक (थारु नाँच, डेउडा, हुड्के नाँच आदी), हिमाल (अपि, सैपाल), खप्तड, रामारोशन जस्ता पर्यटकीयस्थलले भरिएको छ,’ बिहीबार नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनले धनगढीमा आयोजना गरेको ७ नम्बर प्रदेशस्तरिया वृहत भेलालाई सम्बोधन गर्दै उनले भने– ‘यी क्षेत्रको विकास गर्न र पर्यटन भित्र्याउन अब राज्यले एउटा छुट्टै गुरुयोजना तयार गर्नुपर्छ ।’ उनले पर्यटन स्थलमात्र भएर नहुने भएकाले त्यहा आवश्यक भौतिक पुर्वाधार निर्माण (यातायात, विद्युत, सञ्चार आदी)को व्यवस्था भएमा मात्र पर्यटनलाई आकर्षण गर्न सकिने बताए ।

‘अहिले हामीले यस क्षेत्रमा पर्यटकलाई भित्र्याउन प्रचार–प्रसार त गरिरहेका छौं, पर्यटन स्थल त छ तर त्यहाँ पुर्वाधार छ की छैन हामीले त्यसमा ध्यान दिएका छौं ?’ रावलले प्रश्न गर्दै भने– ‘कुन पर्यटक दुःख पाएर त्यस (पर्यटकिय स्थल) मा जान चाहन्छ ?’

अब पर्यटन क्षेत्रको प्रचार–प्रसारमा मात्र होईन पर्यटन क्षेत्रको भौतिक पुर्वाधार विकास, संरक्षण र नयाँ पर्यटन स्थलको पहिचानमा सबै लाग्नुपर्नेमा उनले जोड दिए ।

यस (सुदूरपश्चिम) क्षेत्र पर्यटनका हिसावमा स्रोत साधनले भरिपुर्ण छ तर, त्यसको उपयोग गर्न सकिएको छैन् कारण अस्थिर राजनीति र पुर्वाधार विकास नहुनुनै हो उनले भने ‘देशले अब संविधान पाईसकेकाले अब मुलुकलाई आर्थिक समृद्धितिर लग्नुपर्छ त्यसका लागि पर्यटन क्षेत्रको संरक्षण, सम्वद्र्धन र पुर्वाधार विकास गर्न जरुरी छ ।

यस (सुप) क्षेत्रको पर्यटन स्थलमा पुर्वाधार विकास भएमा ४० प्रतिशत गरिवि रहेको यो (सुप) क्षेत्र अन्य क्षेत्रको तुलनामा अग्रणी रुपमा आर्थिक समृद्धितिर अघि बढ्ने उनले बताए ।

uml-tourist-news-1

कार्यक्रममा नेकपा एमालेका प्रदेश नम्बर ७ का सहसंयोजक तथा पुर्व मन्त्री कर्ण थापाले पर्यटक क्षेत्रको गम्भीर अध्ययन गर्न जरुरी रहेको बताए । यो (सुप) क्षेत्रमा पर्यटन स्थलका रुपमा धार्मिक, सांस्कृति, हिमालमात्र छैन् उनले भने पर्यटकलाई आवश्यक पर्ने खेल क्षेत्रको पनि सम्भावना छ, यस क्षेत्रको रामारोशनमा रक क्लाईम्बिंग, बैतडी–बाजुरामा प्याराग्लाईडिंग, स्की, गल्फ लगायतको पनि सम्भावना छ उनले भने यसको राम्रोसंग अध्ययन हुन जरुरी छ ।

कार्यक्रममा एमाले पर्यटन विभाग प्रमुख सुर्य थापाले संभावनाको महिमा गान र आफ्नो क्षेत्रको विकासका लागि ओठेभक्तिले विकास नहुने भएकाले सम्पदाको उपयोग, प्रवद्र्धन र बजारीकरणमा सरोकारवाला लाग्नु पर्ने बताए । उनले आफ्नो पार्टीले यस कार्यमा लागिरहेका व्यवसायीलाई सहयोग गर्ने नीति र रहेको र यसको संस्थागत थालनीका लागि ७ नम्बर प्रदेशस्तरमा नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठन आवश्यक रहेको औल्याए ।

एमाले केन्द्रीय सदस्य समेत रहेका थापाले पर्यटन क्षेत्र विकास समितिका नाममा वर्षेनी दुई अर्ब बजेट छुट्टयाए पनि समयमा काम नहुने र फ्रिज जाने गरेकाले ती समिति काम गर्न नसक्ने भए एमाले नीतिगत रुपमै ती समिति खारेजीको पक्षमा रहने जानकारी दिए ।

एमाले केन्द्रीय सदस्य गरिमा शाहले कैलालीका स्थानीय विकास अधिकारीले जिल्लामा पर्यटन गुरुयोजना बनाइ सकेको र अरु जिल्लाको गुरु योजना पनि बनाउने काम पर्यटन वोर्डको सहयोगमा भैरहेको जानकारी दिइन ।

कार्यक्रममा एमाले केन्द्रीय सदस्य रामकुमार ज्ञवाली, चिसापानी पर्यटन क्षेत्र विकास समितिका अध्यक्ष भीम केसी, एमाले पर्यटन विभागका ७ नम्बर प्रदेश इञ्चार्ज दिपकप्रसाद देवकोटा लगायतका नेताहरुले बोलेका थिए । कैलाली उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य गोपाल हमाल, कैलाली उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष दिनेशराज भण्डारी लगायतले यस क्षेत्रले पर्यटनको सम्भावना बोकेपनि राज्यको ध्यान जान नसकेको बताएका थिए ।

नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनका प्रदेश नम्बर ७ का ईन्चार्ज हरि धरेलको अध्यक्षतामा भएको थियो ।